शिक्षा समितिका सभापति भन्छन्ः ‘संविधान भन्दा शिक्षा ऐन जारी गर्न गाह्रो’



काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले नेपालमा संविधानसभाबाट नयाँ संविधान जारी गर्नुभन्दा पनि शिक्षा ऐन पारित गर्न गाह्रो भएको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय अभिभावक संघको १८औं साधारणसभाको उद्घाटन गर्दै उनले २८ सालको शिक्षा ऐन अहिलेसम्म पनि परिमार्जन गर्न नसकिनु बिडम्बना भएको बताए ।

२८ सालअघि हामीले चिठी पढ्ने शिक्षा हासिल गरेका थियौं, उनले भने, ‘२८ सालपछि जागिरे शिक्षामा सीमित रह्यो ।’ अब विद्यालय शिक्षालाई सीपमुलक, स्वरोजगारमुलक बनाउनुपर्नेमा उनको जोड छ । नयाँ शिक्षा ऐनका लागि अभिभावकहरुको भूमिका पनि महत्वपूर्ण हुने भन्दै सभापति थापाले आफूहरुलाई सुझाव दिन आग्रह गरे ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार