सुनको मूल्यमा फेरि ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?



नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत चैत १ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ७५ हजार दुई सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला सात सय रूपैयाँ बढी हो।

यस्तै सोमबार भने प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा सुनको कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार भने सुनको मूल्य प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार