यस्तो छ आज सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



नेपाली बजारमा आज (सोमबार) सुनको भाउ स्थिर छ भने चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते सोमवार