आइतबार यस्तो छ सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ स्थिर रहेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर छ। शुक्रबार प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार