नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। बुधबार प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ। बुधबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँ किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।
प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार





