काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा कवि फुयाँल नियुक्त भएका छन्। कम्पनीले फुयाँललाई सिनियर डिसिईओमा नियुक्त गरेको हो।
यसअघि फुयाँल आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत थिए। आइएमई लाइफमा गत भदौ ७ गतेदेखि दोस्रो कार्यकाल सुरु हुनु १ दिन अघिमात्र उनले राजीनामा दिएका थिए।
सन नेपाल लाइफका लगानीकर्ताले फुयाँलको नेतृत्वमा कम्पनीलाई वैदेशिक रोजगारी म्यादी बीमामा लिडर कम्पनीका रुपमा कायम राख्दै अन्य पोर्टफोलियोमा पनि अघि बढाउने अपेक्षा गरेका छन्।
प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार





