एमालेबाट निर्वाचित वडाध्यक्षले मरणासन्न हुनेगरि कुटे वडा सचिव



काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिका-६ का वडाध्यक्षले वडा सचिवमाथि कुटपिट गरेका छन् । वडाध्यक्ष बलबहादुर गुरुङले सोमबार बिहान साढे १० बजेतीर कार्यालय समयमा वडा सचिव नवीन भुसाललाई कुटपिट गरेको गाँउपालीकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए ।

वडाध्यक्ष गुरुङलेले कार्यालय समयमा नै वडा सचिव भुसाललाई कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए । घाटी अँठ्याएको र मुक्का प्रहार गरेको प्रशासकीय अधिकृत आचार्यले बताएका छन् ।

कुटपिटबाट घाइते भएका सचिव भुसालको बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका लागि भरतपुर लगिएको प्रशासकीय अधिकृत आचार्यले जानकारी दिएका छन् । वडाध्यक्ष बलबहादुर गुरुङ एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार