नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार





