एकैदिन २७ सय रूपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?



नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार