एकैदिन २२०० बढ्यो सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?



नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ३० रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८१ माघ २३ गते बुधवार