यस्तो छ आज सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य स्थिर रहेको छ। आइतबारदेखि स्थिर रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार