काठमाडौं । साताको कारोबारको छैठौ दिन शुक्रवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २३०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १६०५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २३०० रुपैयाँले बढेर १६२८०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार





