काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुनको भाउ तोलामा १ सयले गिरावट आएर १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार तोलाको १ लाख ६० हजार ६ सयमा किनबेच भएको थियो । मंगलबार भने १ लाख ५९ हजार २ सय रुपैयाँ थियो ।
तर, चाँदीको भाउ भने बढेको छ । महासंघका अनुसार चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ । आज चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार १ हजार ८ सय ५५ थियो ।
प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार





