अब निजी विद्यालयमा पढाउनपनि लाइसेन्स चाहिने



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संस्थागत विद्यालय (निजी विद्यालय)का शिक्षकका लागि अध्यापन अनुमति पत्र लागु गरिने बताएकी छन् । मन्त्रालयको आयोजनामा विषयगत समितिको बैठक तथा शिक्षा सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएकी हुन् ।

त्यसैगरी मन्त्री भट्टराईले संस्थागत विद्यालयहरूको नियमनका लागि पाठ्यक्रम र शुल्क प्रणालीलाई व्यवस्थित गर्नुपर्नेमा जोड् दिएकी छन् । आज राजधानीको होटल शंकर, लाजिम्पाटमा भएको कार्यक्रममा सातै प्रदेशका सामाजिक विकास मन्त्री, सचिव तथा विभिन्न स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा संस्थागत विद्यालयहरूको नियमनका लागि पाठ्यक्रम र शुल्क प्रणालीलाई व्यवस्थित गरिने तथा शिक्षकका लागि अध्यापन अनुमति पत्र लागु गरिने जानकारी दिइन ।

कार्यक्रममा विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयन, स्थानीय शिक्षा योजना निर्माण, अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयन, विपद् प्रभावित विद्यालयको पुनर्निर्माण, माध्यमिक शिक्षा परीक्षा (एसईई) सुधार, सामुदायिक तथा संस्थागत विद्यालयको नियमन र व्यवस्थापन तथा शिक्षक तलब भुक्तानीका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार