नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गर्ने काभ्रे उमाविका शिक्षक पक्राउ



काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गरेको आरोपमा प्रहरीले काभ्रे उच्च माध्यमिक विद्यालयका शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका वडा नम्बर–५ घर भएका ४८ वर्षीय विकास श्रेष्ठ छन् ।

उनी २०५३ सालदेखि शिक्षण पेशामा थिए । श्रेष्ठले स्नातक र स्नातकोत्तर तहको प्रमाणपत्र नक्कली बनाएको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।

सुरुमा प्राथमिक तहमा अध्यापनरत श्रेष्ठले २०७० सालमा फर्जि कागजात बनाएको प्रहरीसँग स्वीकार गरेका छन् ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार