फेरी घट्यो सूनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?



नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य सामान्य घटेको छ।

आइतबार प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार