काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को विशेष साधारण सभा तथा कार्यसमितिको निर्वाचनबाट अध्यक्षमा राजेशभक्त श्रेष्ठ भएका छन् । राजधानी काठमाडौँमा सम्पन्न विशेष साधारण सभा तथा कार्यसमितिको निर्वाचनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ (निर्विरोध) र उपाध्यक्षमा सुमन महर्जन चयन भएका छन् । त्यसैगरी, महासचिवमा हिरामणि शर्मा, सचिवमा राजु तामाङ र कोषाध्यक्षमा राजकृष्ण बजगाईं (निर्विरोध) निर्वाचित भएका छन् ।
यसैगरी, कार्यसमितिको सदस्यहरुमा कृष्णराम थापा, कमला लामा, उत्तम तिमल्सिना, दशराम सुनुवार, सिताराम लामिछाने, इन्द्र कुमार श्रेष्ठ र मन्दिर श्रेष्ठ निर्वाचित भएका छन् ।
प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार





