बागमती प्रदेश खेलकुद विकास परिषद्का १० सदस्यले लिए शपथ



हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्का नवनियुक्त १० जना सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सामाजिक विकास मन्त्रालयमा आयोजित समारोहमा सदस्य रवि महर्जन (ललितपुर), संगीत श्रेष्ठ (मकवानपुर), नविना खनिया (चितवन), कल्पना खड्का (रामेछाप)ले नियुक्त भएकाे डेढ महिनापछि आज बिहीवार शपथ लिए। उनीहरूलाई गत १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरिएको थियो।

परिषद्को रिक्त ६ जना सदस्यलाई गत मंगलबार बसेको मन्त्री परिषद् बैठकले नियुक्त गरेपछि आज एकैपटक १० जनाको शपथ गराइएको छ। गत मंगलबार नियुक्त सदस्यहरू सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर), अमृत लुङवा (मकवानपुर), अञ्जना शिवाकोटी (दोलखा) र गोविन्दलाल श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले सपथ लिएको युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार