शिक्षामन्त्रीले भेटेपछि चापागाईंको आन्दोलन स्थगित, पुरा होला ईसीडी शिक्षकका माग?



शैक्षिक क्षैत्र सुधारको माग गर्दै माइतीघरमा उभिएर धर्ना दिएका तनहुँका नेत्र चापागाईंले धर्ना तोडेका छन्।

९ दिनदेखि उभिएर धर्ना दिएका चापागाईंको अवस्था बुझ्न सोमबार शिक्षामन्त्री विद्या भट्टराई र प्रतिनिधि सभाको शिक्षा समितिका सभापति अमरबहादुर थापा माइतीघर पुगेका थिए।

मन्त्री भट्टराईले उनका मागहरू पूरा गर्न सरकार सकारात्मक रहेको आश्वासनपछि चापागाईंले धर्ना स्थगित गरेका हुन्।

सभापति थापाले चापागाईंलाई शिक्षा समितिको बैठकमा बोलाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

चापागाईं पुस १४ देखि माइतीघरमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म माइतीघरमा उभिएर धर्ना दिँदै आएका थिए।

प्रकाशित मिति : २०८१ पुष २२ गते सोमवार