काठमाडौं ।जनउद्धार सहकारी लिमिटेडको २४औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष सागर नेपालको अध्यक्षतामा सम्पन्न भएको छ ।
सभामा संस्थाका सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष नेपालले संस्थाको आ.ब. २०८०/८१ को बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै आ.ब. २०८०/८१ को असार मसान्त सम्ममा संस्थाको शेयर पुँजीको रकम ५ करोड ५८ लाख ७२ हजार दुई सय रहेको जानकारी दिनुभयो । यस्तै, सेयर सदस्यको बचत १९ करोड ७३ लाख ६८ हजार १ सय पन्ध्र रहेको र संस्थाको कर्जा सापटि १८ करोड४७ लाख ५९ हजार २ सय ४८ रहेको जानकारी दिनुभयो ।
सहकारीको तरलता ५ करोड १७ लाख ६६ हजार ४०१ रहेको छ जुन बचतको तुलनामा २६.२३ प्रतिशत हो ।
प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार





