काठमाडौं । सिन्सियर बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठको अध्यक्षता साधारण सभा सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा संस्थाको कुल निक्षेप ५८ करोड ८९ लाख २१ हजार ३५७ रहेको छ भने कुल कर्जा लगानी ४४ करोड ४ लाख ४७ हजार ८१३ रहेको छ ।
संस्थाको कुल सम्पत्ती १५ लाख १८ हजार ९ सय २७ तथा खुद नाफा २५ लाख ३५ हजार ८ सय ५६ रहेको छ । शेयर लाभांस कोषमा ६६ लाख ५१ हजार ३ सय १२ रुपैयाँ रहेको छ भने र जगेडा कोषमा ४ करोड १८ लाख ३१ हजार ३ सय ८९ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : २०८१ पुष २० गते शनिवार





