सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै दीपेन्द्रले पाए कार



सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा कार पुरस्कार पाएका छन् । आफ्नो नेतृत्वमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्‍याएका दीपेन्द्रले टिम उपविजेता बनेपनि व्यक्तिगत उपलब्धी भने हात पारे ।

उनले एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । ललित राजवंशी रोहित पौडेल पनि कारको होडमा भएपनि दीपेन्द्रले बाजी मारे ।

टिमले उपाधि जित्न नसकेपनि दीपेन्द्रले कप्तानी देखि ब्याटिङ बलिङ र फिल्डिङ तीन क्षेत्रमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष ६ गते शनिवार