एनपिएलको उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्ने



नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ‍।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुरले फाइनलमा स्थान पक्का गरेको हो।

जारी एनपिएलमा सुदूरपश्चिम र जनकपुरबीच अब तेस्रो भिडन्त हुने भएको छ। यसअघि लिग चरणमा र पहिलो क्वालिफायर दुवै खेलमा जनकपुरमाथि सुदूरपश्चिमले जित निकालेको थियो। फाइनल खेल शनिबार मध्यान्ह हुनेछ।

प्रकाशित मिति : २०८१ पुष ४ गते बिहिवार