नेपाल प्रिमियर लिग (एनपिएल)मा बिहीबार दोस्रो क्वालिफायरको खेल हुँदैछ।
दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सको सामना गर्दैछ। त्रिवि मैदान कीर्तिपुरमा मध्याह्न १२ बजे खेल सुरू हुनेछ।
बुधबार इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको थियो।
चितवनविरूद्धको खेलमा कर्णालीका लागि डेब्यु गरेका भारतीय ब्याट्सम्यान जयकिशन अनिलभाइ कोल्सावालाले पावर प्ले सम्हालेका थिए। पछि विलियम बसिस्टो र चाडविक वाल्टनले पनि सानदार ब्याटिङ गरेपछि कर्णालीले चितवनविरूद्ध फराकिलो स्कोर जोडेको थियो।
प्रकाशित मिति : २०८१ पुष ४ गते बिहिवार





