कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य



नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटरको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ। टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेटको क्षतिमा १७५ रन जोड्यो।

जारी एनपिएलमा कर्णालीको यो उच्च योगफल हो। यसअघि कर्णालीले काठमाडौं गुर्खाजविरूद्ध १४९ रन जोडेको थियो। तर यो स्कोर कर्णालीले डिफेन्ड गर्न सकेको थिएन।

कर्णालीका लागि ओपनिङ ब्याटर जयकिशन अनिलभाइ कोल्सावालाले डेब्यू खेलमै अर्धशतक प्रहार गरे। मध्यक्रमका ब्याटर विलियम बोसिस्टोले पनि अर्धशतक प्रहार गर्दा कर्णालीको योगफल बलियो भयो।

प्रकाशित मिति : २०८१ पुष ३ गते बुधवार