चितवन राइनोजले जनकपुर बोल्ट्सलाई दियाे १८१ रनको लक्ष्य



नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले कप्तान कुशल मल्ल र रवी बोपाराको उत्कृष्ट ब्याटिङमा जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १८० रन जोड्यो।

कप्तान कुशलले ७२ रनको योगदान गरे। १९औं ओभरमा जिमी निशमको बलमा अनिलकुमार साहबाट क्याच हुनुअघि उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। १७औं ओभरमा निशमकै बलमा आसिफ शेखले क्याच छाड्दा कुशलले ५३ रनमा जीवनदान पाएका थिए।

कुशलले चौथो विकेटका लागि रवी बोपारासँग ११३ रनको साझेदारी गरे। जसका कारण चितवनको स्कोर बढेको थियो। बोपाराले अन्तिम ‍ओभरको दोस्रो बलमा ललितनारायण राजवंशीको बलमा क्याच हुनुअघि ४४ रन जोडे। उनले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

प्रकाशित मिति : २०८१ मङ्सिर २९ गते शनिवार