लुम्बिनीलाई अपराजित जनकपुरले दियो १३७ रनको लक्ष्य



नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार दिनको पहिलो खेलमा जितबिहीन लुम्बिनी लायन्सले अपराजित जनकपुर बोल्ट्सलाई १३६ रनमै रोकेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जनकपुरले ९ विकेट गुमाएर १३६ रन मात्र बनाउन सकेको हो।

जनकपुरका लागि कप्तान तथा ओपनर अनिलकुमार साहले ४५ रन जोडे। १२ औं ओभरमा सन्दीप जोराको बलमा विवेककुमार यादवबाट क्याच हुनुअघि उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे।

अर्का ओपनर आसिफ शेखले १६ रन जोड्दा लाहिरू मिलन्थाले २४ रन बनाए। त्यसपछिका ब्याटर भने चल्न सकेनन्।

हर्ष थाकर र जिमी निशम एक एक रनमै आउट भए। दुवैलाई डेब्यू खेलाडी अभिसेष गौतमले आउट गरे।

बलिङमा लुम्बिनीका अभिसेष गौतमले तीन विकेट लिए भने रोहित पौडेल र शाद बिन जफरले दुई दुई विकेट हात पारे।

जारी एनपिएलमा जनकपुरले यसअघिका तीनै खेलमा जित निकाल्दा लुम्बिनी भने तीनै खेलमा पराजित भएको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर २३ गते आइतवार