बागमती गाउँपालिकाले तिनपाने भञ्ज्याङ र बगुवामा हेल्थ डेक्स राख्ने, आवतजावतमा कडाई गरिने



ललितपुर | बागमती गाउँपालिकाले कोरोना महामारी फैलिन नदिन पालिका भित्र निगरानी बढाउने भएको छ । तराईबाट कान्ति लाेकपथ हुँदै उपत्यका भित्रन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पालिकाले तीनपाने भञ्ज्याङ र बगुवामा हेल्थ डेस्क राख्ने भएको हाे । बागमती गाउँपालिका-२ माल्टाको बगुवामा प्रहरी र स्थानियको सहभागितामा हेल्थ डेक्स सञ्चालन गरिएकाे पालिका अध्यक्ष वीर बहादुर लाेप्चनले बताए । आजै मात्र मकवानपुरबाट बिना पासको गाडिमा खसि बोका लगायतको सामान लिएर आएकालाई फर्काइएको भट्टेडाँडा प्रहरी चाैकि प्रमुख मोहन भडेलले जानकारी दिए ।

यसै गरि आजमात्र बागमती गाउँपालिका र गोदावरी नगरपालिकाकाे समन्वयमा नेपाली सेना, नेपाल प्रहरीसँगकाे सहकार्यमा बागमती गाऊपालिका वडा नं.३ तिनपाने भन्जाङ मा हेल्थ डेक्स राखिएको छ । अब कान्ति लोकपथ भएर आउने सबै सवारीसाधन बिना पास सञ्चालन गर्न नपाइने भएको छ । पास भएको सवारीसाधनलाई समेत कडा निगरानीमा राखेर चेकजाँच पश्चात् मात्रै सञ्चालन गर्न दिइने वडा नं. ३ का वडाध्यक्ष बिण्णु प्रसाद तिमल्सिनाले जानकारी दिए । बाहिरी मान्छेले काेराेना संक्रमण फैल्याउन सक्ने भएकाले नाकामा कडाइ गर्नु परेको उपाध्यक्ष रञ्जना घिमिरेको तर्क छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १ गते बिहिवार