काठमाडौँ । ललितपुरको धापाखेलबाट ६ दिनदेखि एक जना युवक बेपत्ता छन् । सिराहा कल्याणपुर घर भएर ललितपुर महानगरपालिका–२३ बस्ने अरुणकुमार शर्मा सम्पर्कविहीन भएका हुन् ।
२० वर्षीय शर्मा हराएको बारेमा परिवारले प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएका छन् । असार २५ देखी सम्पर्कविहीन युवकको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
उनका दाजु रविकुमार शर्माले प्रहरीमा दिएको निवेदन अनुसार युवकले १२ कक्षासम्म अध्ययन गरेका छन् ।
प्रकाशित मिति : २०८१ असार ३२ गते सोमवार





