संघीय संसदको दुवै सदनको बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा बैठक अपराह्न ४ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्नेछ।
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
राष्ट्रिय सभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरूको ब्यहोरा जानकारी गराउने तथा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रस्तावहरू प्रस्तुत गर्नेछन्।
प्रकाशित मिति : २०८१ असार २८ गते बिहिवार





