ठिंगनमा कार दुर्घटना: घाइते ३ जना मध्ये दुईजनाको मृत्यु



ललितपुर । आज बिहान कान्तिलोकपथ सडकखण्डको ठिंगन नजिकै कार दुर्घटनामा घाइते भएका ३ जना मध्ये २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका– ६ का १७ वर्षीय विबेक शाह र मकवानपुरको बकैया गाउँपालिका– १२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोन रहेका छन्।

यस्तै, घाइते बाराको निजगढ नगरपालिका– ६ का ३० वर्षीय सन्दिप शाहको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।

मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगन नजिकै चौताराबाट कार सडकबाट अन्धाजी ५०० मिटर तल खसेको थियो । आज बिहान ७ः३० बजे ग ३ च ९४७५ नम्बरको कार दुर्घटना भएको हो ।

कारमा सवार तीन जनालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार