ठिंगनमा कार दुर्घटना, ३ जना अचेत



ललितपुर । ललितपुरबाट हेटौंडातर्फ जाँदै गरेको कार कान्तिलोकपथ सडकखण्डको ठिंगन नजिकै दुर्घटना भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगन नजिकै चौताराबाट कार सडकबाट अन्धाजी ५०० मिटर तल खसेको छ । आज बिहान ७ः३० बजे ग ३ च ९४७५ नम्बरको कार दुर्घटना भएको हो ।

कारमा सवार तीन जनालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ ।

घाइते हुनेहरुमा बाराको निजगढ नगरपालिका-६ बस्ने ३० वर्षीय सन्दीप शाह, रौतहटको मौलापुर नगरपालिका-६ बस्ने १७ वर्षीय विवेक शाह र भीमफेदी गाउँपालिका-८ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार