बालकुमारी घटना : हेडक्वार्टर तानिए ललितपुरका प्रहरी प्रमुख शाह, सिडिओ पण्डित गृहमा



आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले ललितपुरका एसएसपी शिद्धिविक्रम शाह हेडक्वार्टर तान्ने निर्णय गरेको छ । यस्तै, सिडिओ रूद्रप्रसाद पण्डितलाई पनि थप सोधपुछका लागि गृह मन्त्रालय तानिएको छ।

शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए।

त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो। घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार