प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । संघीय संसदअन्तर्गत आज ९आइतबार० प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सम्बोधनसम्बन्धी पत्रको व्यवहोरा पढेर सुनाउने कार्यसूची छ ।

यस्तै अर्थमन्त्री प्रकाशशरण महतले ‘बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्ने कार्यतालिका छ । ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गरिनेछ ।

यस्तै अर्थमन्त्री महतले ‘भन्सार विधेयक, २०८०’ पनि प्रस्तुत गर्नका लागि अनुमति माग्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । साथै भन्सार विधेयक, २०८० पनि प्रस्तुत गर्ने तयारी छ ।

परराष्ट्रमन्त्री नारायणप्रकाश ९एनपी० साउदले भने बिमस्टेक वडापत्र (बिमस्टेक चार्टर्ड) अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार