ज्वाइँलाई मन्त्री उपहार



काठमाडौं। नेकपा(माओवादी केन्द्र)का अधयक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाँइ जीवन आचार्य सरकार परिवर्तनपिच्छे कोशी प्रदेशको मन्त्री नियुक्त भएका छन्।

प्रधानमन्त्री दाहालकी कान्छी छोरी गंगाका पति उनी यस अघि एमाले माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका हिक्मत कार्कीको सरकारमा समेत पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए।

गत सोमबार मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि कार्की नेतृत्वको सरकार ढलेको थियो। उक्त सरकारमा मन्त्री रहेका आचार्यलाई फेरि मन्त्री बनाउन नहुने अडानमा माओवादी कोशी प्रदेशका सांसदहरु थिए।

उनको मन्त्री नियुक्तिमा विवाद हुँदा नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले मन्त्रिमण्डल विस्तार गर्न सकेका थिएनन्। माओवादी केन्द्रका कोशी प्रदेशमा सिनियर नेतालाई पछि पार्दै पटके मन्त्री बन्नुमा ससुरासमेत प्रधानमन्त्री दाहालको प्रमुख भूमिका रहेको छ।

प्रकाशित मिति : २०८० असार २४ गते आइतवार