एसइई नतिजा आज सार्वजनिक गर्ने तयारी



काठमाडौँ । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालन गरेको परीक्षाको नतिजा कुनै प्राविधिक समस्या नआए आज सार्वजनिक गर्ने गरी आजका लागि बोर्ड बैठक बोलाइएको बोर्ड निकट स्रोतले जानकारी दिएको छ। यसअघि आगामी शुक्रवार सम्म नतिजा सार्वजनिक गर्ने घोषणा बोर्डले गरेको थियो। कुनै प्राविधिक समस्या आए वा बोर्ड बैठक बस्न नसके नतिजा शुक्रवारका लागि सर्नेछ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार