काठमाडौं । साझा यातायातले बिहीबार (भोलि) देखि ललितपुरका शहरउन्मुखसहित भित्रि शहरी क्षेत्रलाई काठमाडौं शहरसँग जोड्ने गरी नयाँ रुटमा बस सेवा थाल्ने भएको छ । साझाले ललितपुरको लेले–टीकाभैरव–चापागाउँ–थेचो–सुनाकोठी–लगनखेल–जवालाखेल–कुपन्डोल–त्रिपुरेश्वर– सुन्धारा–जमल–पुरानो बसपार्क (रत्नपार्क) रुटमा सेवा थाल्न लागेको हो ।
साझा यातायातले ४० वटा नयाँ बिजुली बस किनेपछि नयाँ रुटहरुमा सेवा विस्तार गरिरहेको छ । यसअघि साझाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सम्पदा क्षेत्रलाई लक्षित गरेर ‘हप अन हप अफ’ बस सेवा थालेको थियो भने पाटनढोकाबाट रत्नपार्क हुँदै ज्ञानेश्वर–जोरपाटी (दक्षिणढोका)सम्मको बिजुली बस सेवा पनि आरम्भ गरेको थियो ।
प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार





