२२ दिनदेखि निरन्तर अनशनमा विद्यालयका कर्मचारी



काठमाडौँ- सेवासुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा रहेका सामुदायिक विद्यालयका कर्मचारीले विगत २२ दिनदेखि राजधानीको माइतीघरमा अनशन जारी राखेका छन्।

विद्यालय कर्मचारी जेठ २८ गतेदेखि अनशन बसेका हन्। अनशनमा झण्डै ६० विद्यालयका कर्मचारी सहभागी रहेका विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले बताए। अनशनरत कर्मचारीलाई आवास र खानपिनका साथै उनीहरुको स्वास्थ्यमा समस्या देखिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति गठन गरेर वार्तामा आउन आमन्त्रण गरेपछि असार ३ गतेदेखि वार्ता थालिए पनि हालसम्म कुनै सहमति हुन सकेको छैन।
सहमति नहुँदा परिषद्ले आन्दोलनका थप कार्यक्रम ल्याउने तयारी गरेको महासचिव योगीले बताए।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार