राष्ट्रिय स्वतन्त्र पार्टीले तोक्यो ७७ जिल्लामा सम्पर्क सांसद, कुन जिल्लामा को ?



राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेको छ।

देशभरका नागरिकहरुले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न सघाउ पुगोस् भनेर सम्पर्क सांसद तोकिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

‘देशको विद्यमान राजनैतिक परिस्थिति चुनौतिपूर्ण छ । एकअर्कामा खुट्टा तान्ने होडमा रहेका तमाम नेता र पद र सत्ताका लागि गठबन्धन गर्ने, नागरिकका सवालमा विमुख हुने दलहरुका कारण देश थप अस्थिरताको मार खेप्दै छ, जनता थिलथिलो भएका छन् । चरम बेथिति, भ्रष्टाचार, पट्यार लाग्दो सेवा विमुख प्रशासन, वर्षौं अलपत्र विकास योजना, झन्झटिला प्रक्रिया, कान थुनिएको न्याय प्रणाली, अटेरी व्यवस्था, विभेद, असमान आर्थिक उदारीकरण र तमाम जनभावना विरोधी गतिविधिले रुपान्तरणको खोजीमा हाम्रो आगमनलाई थप प्रतिक्षा गरिरहेको अवस्था छ,’ रास्वपाले सम्पर्क सांसद तोक्नाको कारण खुलाएको छ।

रास्वपाले पार्टी सभापति लामिछाने संसदीय दलको नेता भएकाले जिल्ला तोकिएको छैन। उपसभापति डोल प्रसाद अर्याललाई बारा, धादिङ, कञ्चनपुर, कैलालीको जिम्मा दिइएको छ।संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई गुल्मी, दार्चुला, अछाम र पाल्पा तोकिएको छ। प्रमुख सचेतक सन्तोष परियारलाई भक्तपुर, अर्घाखाँची, दैलेख, र बाजुराको जिम्मा दिइएको छ। सचेतक श्री निशा डाँगीलाई झापा, मोरङ, इलाम, सल्यान जिम्मा दिइएको छ।

मनिष झालाई धनुषा, रौतहट, रुपन्देही र बझाङको सम्पर्क सांसद तोकिएको छ।

काठमाडौं ७ बाट निर्वाचित सांसद गणेश पराजुलीलाई ओखलढुङ्गा, खोटाङ, सिराहा र डँडेलधुरा जिम्मा दिइएको छ। काठमाडौं २ बाट निर्वाचत सोबिता गौतमलाई दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरकोट तोकिएको छ। सुमना श्रेष्ठलाई रसुवा, काठमाडौं, रूकुम (पूर्व) र रूकुम (पश्चिम) जिम्मा दिइएको छ।

ललितपुर २ की सांसद तोसिमा कार्कीको जिम्मामा ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुर परेको छ। काठमाडौं ६ का सांसद शिशिर खनाललाई रोल्पा, दाङ, सर्लाही, र सप्तरीको सम्पर्क सांसद तोकिएको छ।

चितवन १ का सांसद हरि ढकाल सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुरको सम्पर्क सांसद भएका छन्। तनहुँ १ बाट निर्वाचित डा.स्वर्णिम वाग्ले गोरखा, पर्सा, बैतडी र तनहुँ सम्पर्क सांसद बनेका छन्। डा.चन्दा कार्कीलाई भोजपुर, सिन्धुली, मनाङ र महोत्तरी दिइएको छ। त्यस्तै असिम शाह काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तुको सम्पर्क सांसद तोकिएका छन्। लक्ष्मी तिवारी प्युठान, परासी, बर्दिया र बाँकेकी सम्पर्क सांसद भएकी छन्। अशोककुमार चौधरीलाई धनकुटा, तेह्रथुम, संखुवासभा र सुनसरी परेको छ।

यता शिव नेपालीको जिम्मामा भने लमजुङ, म्याग्दी, पर्वत र कास्की छ।

बिनिता कठायत ६ जिल्लाकी सम्पर्क सांसद बनेकी छन्। उनलाई जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा दिइएको छ।

यता रास्वपाकी पछिल्लो सांसद बनेकी विन्दबासिनी कंशाकारलाई स्याङ्जा, बाग्लुङ, मकवानपुर गरी तीन जिल्लाको सम्पर्क सांसद तोकिएको छ।

कुन जिल्लाका लागि सम्पर्क सांसद को ?
१. रवि लामिछाने ९८५१३६०५५५ सभापति, संसदीय दलको नेता
२. डोलप्रसाद अर्याल ९८५१३३६७७४ बारा, धादिङ, कञ्चनपुर, कैलाली
३. विराजभक्त श्रेष्ठ ९८६७४३७६०८ गुल्मी, दार्चुला, अछाम, पाल्पा
४. श्री सन्तोष परियार ९८५११४५०२२ भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा
५. निशा डाँगी ९८६०१५१२४७ झापा, मोरङ, इलाम, सल्यान
६. मनिष झा ९८५१०७३७७५ धनुषा, रौतहट, रुपन्देही, बझाङ
७. गणेश पराजुली ९८५१०३९५६४ ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा
८. सोबिता गौतम ९८६०६६०८२७ दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट
९. सुमना श्रेष्ठ ९८०१०८३५५२ रसुवा, काठमाडौं, रुकुम (पूर्व), रुकुम (पश्चिम)
१०. डा. तोसिमा कार्की ९८४३२६७९६० ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर
११. शिशिर खनाल ९८५१२३४५६२ रोल्पा, दाङ, सर्लाही, सप्तरी
१२. हरि ढकाल ९८५११६४१६८ सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर
१३. डा. स्वर्णिम वाग्ले ९८५५०६६१०७ गोरखा, पर्सा, बैतडी, तनहुँ
१४. डा. चन्दा कार्की ९८५१०२६७९३ भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी
१५. असिम शाह ९८५१०९०४९३ काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु
१६. लक्ष्मी तिवारी ९८५८०२३२८० प्युठान, परासी, बर्दिया, बाँके
१७. अशोक कुमार चौधरी ९८०४३२८००५ धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी
१८. शिव नेपाली ९८५६०४४३७१ लमजुङ, म्याग्दी, पर्वत, कास्की
१९. बिनिता कठायत ९८४०८४०७४६ जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा
२०. विन्दबासिनी कंसाकार ९८४२०९६९४३ स्याङ्जा, बाग्लुङ, मकवानपुर

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार