बोतल हान्ने युवकलाई प्रकाश सपुतले दिए माफी



काठमाडौं । रोमानियामा भएको कन्सर्टमा आफूलाई बोतल प्रहार गर्ने नेपाली युवकलाई गायक प्रकाश सपुतले माफी दिएका छन् । सपुतसँगै बुचारेस्ट पुगेकी गायिका प्रीति आलेले सार्वजनिक गरेको भिडियोमा माफी दिएको देख्न सकिन्छ । भिडियोमा सपुत र ती युवकलाई हात मिलाएको र अँगालो हालेर मिलेको देखिएको छ ।

‘मेरो नाकमा पनि दुखेको छ र मनमा पनि । यसले मलाई भन्दा पनि तपाईंको लाइफमा असर गर्छ । हामी देश छाडेर परदेशमा गएका छौं । आइन्दा यस्तो काम नगर्नुहोला,’ गायक सपुतले ती व्यक्तिलाई माफी दिंदै भनेका छन्, ‘तपाईंले गर्दा मेरो मोरल डाउन भएको छ । तपाईंको लाइफलाई तलमाथि हुन नदिन पनि माफी दिएको हुँ ।’

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार