पक्राउ परे शिव शिखर बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष केदारनाथ शर्मा



शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि निक्षेपकर्ताहरूको १४ अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।

शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गएराति पक्राउ गरेको हो। भारतको मुम्बईमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जानकारी दियो।

प्रकाशित मिति : २०८० असार १२ गते मङ्गलवार