बेपत्ता पनडुब्बी विस्फोट भएको पुष्टि, पाँचै जनाको मृत्यु



न्युर्योक । टाइटनिक पर्यटन पनडुब्बीमा सबार पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ । टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परे पछि त्यसमा सवार पाँच जनाको मृत्यु भएको घोषणा गरिएको हो ।

यस घोषणासँगै पाँच दिन लामो खोज अभियान समाप्त भएको अमेरिकी तट रक्षक गार्डले बताएका छन् । रोयटर्सका अनुसार क्यानाडाली जहाजबाट खटाइएको रोबोट डाइभिङ गाडीले बिहीबार बिहान उत्तरी एट्लान्टिकको दुर्गम कुनामामा पनडुब्बी टाइटनको एउटा भग्नावशेष फेला पारेको थियो ।

अमेरिकी कोस्ट गार्ड रियर एडमिरल जोन मोगरले पत्रकारहरूलाई भने ‘६.७ मिटरका टाइटनका पाँच वटा प्रमुख टुक्राहरू भग्नावशेष क्षेत्रमा अवस्थित थिए, जसमा जहाजको पुच्छर कोन र प्रेसर हलका दुई भागहरू थिए ।’ सो क्रममा मानव अवशेषहरू देखिएका थिए कि थिएनन् ? भनेर कुनै उल्लेख गरिएको छैन।

प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार