हेटौंडा । बागमती प्रदेशका नवनियुक्त छ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट उत्तम जोशी, पुकार महर्जन, मसिना खड्का, रामकृष्ण चित्रकार तथा नेकपा (एकीकृत समाजवादी)को तर्फबाट डा.राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साललाई मन्त्रीलाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
उत्तम जोशीले स्वास्थ्य, मसिना खड्काले वन तथा वातावरण, पुकार महर्जनले पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । साथै डा.राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी विकास, लक्ष्मण लम्सालले श्रम रोजगार तथा यातायात र रामकृष्ण चित्रकार विनाविभागीय मन्त्री नियुक्त भएका हुन् ।
प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार





