तनहुँ । तनहुँ–१ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। ६३ हजार ७ सय ५७ मत खसेको तनहुँमा अहिलेसम्म १३ हजार ६५ मत गणना भएको छ।
प्राप्त पछिल्लो मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्।
वाग्लेले ७२९३ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३२३४ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले २१३४ मत ल्याएका छन्।
प्रकाशित मिति : २०८० बैशाख ११ गते सोमवार





