काठमाडौं । राहदानी विवादमा प्रहरी र सरकारी वकिलकाे कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ‘क्लीन चिट’ दिने तयारी गरेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित दुई दिनअघि सरकारी वकिल कार्यालय, काठमाडौंमा रायसहितको प्रतिवेदनमा बुझाएसँगै लामिछानेमाथि लागेको राहदानी दुरुपयोको आरोपबाट उनले उन्मुत्ति पाउने देखिएको हाे ।
लामिछानेले झुटो विवरण पेश गरेर राहदानी लिएको पुष्टि नहुने भन्दै प्रहरीले उनीमाथि मुद्दा चलाउनु नपर्ने राय दिएको छ ।
प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार





