आइसिसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दैछ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले पिएनजीविरूद्ध छैटौं सफलता हात पारेको छ।
नेपालका लागि सन्दीप लामिछानेले छैठौं सफलता दिलाएका छन्। व्यक्तिगत तेस्रो विकेट लिने क्रममा उनले १६ रन बनाएर खेलिरहेका पिएनजीका चार्ल्स अमिनीलाई आउट गरे।
त्यसअघि ललितनारायण राजबंशीले पाँचौ सफलता दिलाएका हुन्। व्यक्तिगत दोस्रो विकेट लिने क्रममा उनले २३ औं ओभरको पाँचौ बलमा राइली हिकुरे ४ रन बनाएर आउट भए।
उसका लागि कप्तान असाद भालाले सर्वाधिक २० रन बनाए। सन्दीप लामिछानेको बलमा आउट हुनुअघि उनले ३१ बल खेल्दै २ चौका प्रहार गरेका थिए।
यस्तै सेसे बाउले १८ रन बनाए। लामिछानेकै बलमा बोल्ड हुनुअघि उनले २८ बल खेलेर ३ चौका प्रहार गरेका थिए।
सोमपाल कामीले ओपनर हिरी हिरीलाई १४ रनमा आउट गराउँदा ललित राजबंशीले अर्का ओपनर किपेलिन डोरिगालाई २ रनमा बोल्ड गरे।
—
आजको खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ। आइतबार टिममा रहेका गुल्सन झाको स्थानमा करण केसी टिममा फर्किएका छन्।





