आज कतारी रियल ३६.६६ ,साउदी अरेबियन रियाल ३४.८९ पुग्यो, मलेसियन रिंगिट २८.९८, अरु देशको कति पुग्यो हेर्नुहोस् !



सोमबार अमेरिकी डलरको मूल्यमा घटबढ भएको छैन। राष्ट्र बैंकबाट जारी विनिमयदरमा एक डलरको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा तोकिएको छ।

आइतबार पनि यही मूल्यमा किनबेच भएको थियो। सोमबार युरोको मूल्य भने बढेको छ। आज एक एक युरोको खरिददर १३९ रुपैयाँ ४० पैसा र बिक्रीदर १४० रुपैयाँ चार पैसा तोकिएको छ।

आइतबारका लागि एक युरोको खरिददर १३८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३९ रुपैयाँ २९ पैसामा किनबेच भएको थियो। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५८ रुपैयाँ २८ पैसा तोकिएको छ।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ १५ पैसा र बिक्रीमा ८६ रुपैयाँ ५५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९५ रुपैयाँ १४ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३५ रुपैयाँमा ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ पाँच पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ९८ पैसा र बिक्रीमा २९ रुपैयाँ ११ पैसा पाइन्छ।

सोमबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ८९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८५ पैसा तोकिएको छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ८९ पैसा किनबेच भएको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते सोमवार