आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितले आठौं अर्धशतक प्रहार गर्ने क्रममा ८३ बलमा ७ चौका प्रहार गरे।
उनी नेपालका लागि एकदिवसीय खेलमा सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी समेत बने।
रोहितले नेपालका लगि एक शतक पनि प्रहार गरेका छन्। नेपालले युएईविरुद्ध ३० ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा १२१ रन जोडेको छ।
पावरप्लेमै ३ विकेट गुमाएर दबाबमा परेको नेपाललाई भीम सार्की र कप्तान रोहित पौडेलले उकासेका थिए।
एक समय २२-३ को खराब स्थितिमा रहेको नेपाललाई चौथो विकेटका लागि भीम र रोहितले ५४ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए।
तर ३७ बलमा ४ चौकासहित २९ रनमा सार्की क्याच आउट भए पछि नेपालले चौथो विकेट गुमाएको छ।
प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार





