आज कतारी रियल ३६.८६ ,साउदी अरेबियन रियाल ३५.८६ पुग्यो, मलेसियन रिंगिट २९.२३, अरु देशको कति पुग्यो हेर्नुहोस् !



आइतबार डलरको मूल्य घटेको छ। गत शुक्रबारको तुलनामा एक रुपैयाँले मूल्य घटेको हो।

आज एक डलरको खरिददर १३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४५ पैसा तोकिएको छ। गत शुक्रबार खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा कायम गरिएको थियो।

आइतबार युरोको मूल्य‍ पनि घटेको छ। आइतबारको लागि एक युरोको खरिददर १३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४६ पैसा तोकिएको छ। शुक्रबार खरिददर १३९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६१ पैसा तोकिएको छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६२ पैसा तोकिएको छ।

त्यसै गरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ९० पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रुपैयाँ तीन पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ दुई पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रुपैयाँ तीन पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २९ रुपैयाँ २३ पैसा र बिक्रीमा २९ रुपैयाँ ३७ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १५ पैसा तोकिएको छ। त्यसै गरी, आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ६५ पैसामा किनबेच भएको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते आइतवार