आज कतारी रियल ३६.१६ ,साउदी अरेबियन रियाल ३५.१७ पुग्यो, मलेसियन रिंगिट २९.४१, अरु देशको कति पुग्यो हेर्नुहोस् !



बिहीबार अमेरिकी डलरको भाउ सामान्य घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २६ पैसा बढेको हो।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ५ पैसा र बिक्रीमा १४० रुपैयाँ ६९ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६० रुपैयाँ ४४ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ८५ पैसा र बिक्रीमा ८९ रुपैयाँ २५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७२ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २९ रुपैयाँ ४१ पैसा र बिक्रीमा २९ रुपैयाँ ५४ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ २९ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ८६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ६२ पैसा तोकिएको छ।

प्रकाशित मिति : २०७९ फाल्गुन १८ गते बिहिवार